राजनीति

प्रचण्डले मागे ओलीको राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने ।

उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन् । ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए ।

सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ । उनले देशैभर विजय र्‍याली र जुलुस गर्न अपिल गरेका छन् । प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *