Uncategorized

प्रतिनिधिसभा पुनःस्थापनाले लोकतन्त्रलाई राम्रो भयोः सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णयले अदालतमाथिको विश्वास बढेर गएको बताएकी छन् ।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिंदै नेतृ कोइरालाले फैसला जनता र संविधानका पक्षमा आएको बताइन् ।

‘आजको सर्वोच्च अदालतको फैसला ऐतिहासिक छ यसले देशलाई राजनीतिक स्थिरतातर्फ लागेको छ, यो निर्णयसँगै अदालतको विश्वास र गरिमा पनि थप बढेको छ,’ कोइरालले भनिन् । उनले सर्वोच्चको आदेशले संविधान र व्यवस्था जोगाउने कामसमेत गरेको बताइन् ।

‘सुरुदेखि नै मैले संसद् विघटनलाई असंवैधानिक भनेकी थिएँ तर अदालतको निर्णयलाई स्वीकार गर्ने बताउँदै आएकी थिएँ,’ नेतृ कोइरालले भनेकी छन्, ‘फैसलाले अदालतप्रति हाम्रो विश्वास र अदालतको गरिमा अझ बढेको छ । संविधान जोगिएको छ जनताको जित भएको छ ।’

उनले अदालतको ऐेतिहासिक निर्णय, संविधानको मर्म र भावनासँग जोडिएको भन्दै फैसलाले फेरि एकपटक विधिको शासनको जित भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *