शिक्षा

धुलिखेलमा अनलाइन पत्रकारिता तालिम सुरु

काठमाडौं । सञ्चार रजिष्ट्रारको कार्यालयले बागमती प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई काभ्रेस्थित धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुुरु गरेको छ । 

तालिममा बागमती प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन् ।

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले उदघाटन गरेको तालिम फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिने भएका हुन् । 

तालिमको उदघाटन गर्दै उपसभामुखतामाङले गुणस्तरिय समाचार उत्पादनमा यस्ता तालिमउपयोगीहुने विश्वास व्यक्त गरिन् ।

उनले बागमती प्रदेशसभाले बनाएको प्रदेश सञ्चार माध्यमव्यवस्थापन ऐन अनुसार बनाएर सञ्चालनमाआएको सञ्चार रजिष्ट्रारको कार्यालय स्थापनाभएको दुईवर्ष नपुग्दै यसले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमले पत्रकार र पत्रकारितालाई सहजीकरण गरिरहेको बताइन् । 

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र विश्वस्तरीय पाठक, स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गरे ।

सञ्चार रजिष्ट्रार सापकोटाले भने,‘पत्रकारितालाई गुणस्तरिय बनाउन प्रविधिलाई उपयोग गर्ने विधि र अनलाइन पत्रकारिताका विविध पक्षमा जानकारी गराउने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको हो ।’

अनलाइन पत्रकारिताको बिस्तारसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको हो । सञ्चार रजिष्ट्रारको कार्यालयले करिव ८० जनापत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ । 

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिएका छन् । 

तालिमअघि सहभागी मागरिएको सर्भेअनुसार स्नाकोत्तर र सोभन्दा बढी अध्ययन गरेका २१.१ प्रतिशत, स्नातक अध्ययन गरेका ५२.६ प्रतिशत र उच्च माध्यामिक तहको अध्ययन गरेका २१.१ प्रतिशत पत्रकार तालिममा सहभागी रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *