राजनीति

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा बुढाथोकी

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन्। शुक्रबार बसेको काउन्सिल बोर्डको बैठकले ज्येष्ठ सदस्यको हैसियतमा उनलाई कार्यबाहक अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि किशोर श्रेष्ठ कार्यबाहक अध्यक्षको जिम्मेवारीमा थिए। उनको कार्यकाल समाप्त हुनुअघि शुक्रबार पदबाट राजीनामा दिएपछि कार्यबाहक अध्यक्षमा बुढाथोकी नियुक्त भएका हुन्। श्रेष्ठको कार्यकाल १३ गतेसम्म कायम थियो।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई ज्येष्ठ सदस्यको हैसियतले बोर्ड बैठकले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको काउन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंहले जानकारी दिए। उनका अनुसार बुढाथोकी २०७५ साउन ९ गते काउन्सिल सदस्यमा नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *