काठमाडौं । गायक सत्यराज आचार्यको गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन् । गीतमा दुर्गाप्रसाद आचार्यको शब्द तथा संगीत रहेको छ ।
सिक्का इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको गीतलाई नारायण राज आचार्यले रेकर्ड गरेका हुन् ।
भिडियोमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको मुख्य अभिनय रहेको छ । भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकित बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन् । अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ ।
भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।