पालिका खबर

काठमाडौंको तारकेश्वर फेरि बर्डफ्लू देखियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू देखिएको छ ।

पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले तारकेश्वरमा फेरि बर्डफ्लू देखिएपछि केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको जानकारी दिए ।

बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका-१ सांलाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । पछिल्लो समय सुर्खेतमा पनि बर्डफ्लूको संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *