काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संंसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उहाँलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ थिए ।