काठमाडौं । शक्ति राष्ट्रले ‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि यसको प्रभाव सुनचाँदी व्यवसायमा देखिएको छ । केही दिनदेखि सुनचाँदीको भाउमा उकालो–ओरालो लागेको छ।
सुनचाँदीको भाउमा उतारचढाव आउनु सामान्य प्रक्रिया रहेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए ।
उनका अनुसार यतिखेर शक्तिशाली मुलुकहरूले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि त्यसको प्रभाव सुनचाँदी व्यवसायमा परेको हो।
कोरोना महामारीका कारण अस्तव्यस्त बनेको विश्वको अर्थतन्त्रका लागि एक भरपर्दो माध्यम सुन भएको उनको भनाइ छ ।
सुनको भाउ डेढ लाखसम्म पुग्ने अनुमान गरिएकोमा निरन्तर बढेर प्रतितोला १ लाख माथि पुगेको थियो।
१ लाख ३ हजार ५ सयसम्म पुगेको सुनको भाउ यतिखेर ओरालो लाग्नुले व्यवसायीको मनोबल उच्च हुनु तथा डलर मजबुत हुनु मुख्य कारण रहेको पनि अध्यक्ष लकान्द्रीले बताए।