अर्थ

नेता अनिल शर्माले उद्घाटन गरे घट्टेकुलोमा सुनचाँदी पसल

काठमाडौं । नेकपा दाहाल-नेपाल समूह काठमाडौं क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माले शनिबार एक सुनचाँदी पसलको उद्घाटन गरेका छन् । शर्माले गान्दिप गजमेरको सुनचाँदी पसलको उद्घाटन गरेका हुन् ।

पसल उद्घाटन गर्दै इन्चार्ज शर्माले सुनचाँदी व्यावसायको क्षेत्रमा भएको समस्या र सुरक्षाका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

त्यसैगरी सञ्चालक गजमेरले सानो लगानीबाट सुनचाँदी व्यावसाय सञ्चालन गरेको बताउँदै आगामी दिनमा लगानी बढाउँदै जाने बताए । घट्टेकुलो चोकमा रहेको सो पसलमा सञ्चालक गजमेरले ४० लाख रुपैयाँ लगानी गरेका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीलगायत सयौंको उपस्थिति थियो । पसलको नाम प्रिति सुन चाँदी एण्ड ज्वेलरी शप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *