राजनीति

विप्लव समूहसँग वार्ता गर्न गठन गरियो गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय टोली

काठमाडाैं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरिएको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई रहेका छन् ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी केपी शर्मा ओली नेतृत्वको यहि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *