राजनीति

ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहात पुर्‍याउन सरकार समक्ष भट्टराईको माग

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट पीडितलाई भूकम्प पीडित सहर राहात तथा क्षतिपुर्ती उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का नेता योगेश भट्टराईले माग गरेका छन् ।

ताप्लेजुङबाट निर्वाचित जनप्रतिनिधि समेत रहेका भट्टराईले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दीर्घकालीन पुर्नस्थापनाका लागि भूकम्प पीडित सहर राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

उनले पीडितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । ताप्लेजुङको दोभान बजारमा आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् भने ७९ घर परिवार विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *