स्वास्थ्य

स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौं फर्किएका छन् ।

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।

डा.भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए ।

यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएकामा न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए ।

तर, देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *