राजनीति

सरकारसँग वार्ता गर्न विप्लव समूहद्वारा २ सदस्यीय टोली गठन

काठमाडौं । सरकारसँग वार्ता गर्न विप्लव पक्षले पनि वार्ता टोली गठन गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्त्वमा वार्ता टोली गठन गरे लगत्तै विप्लव समूहले पनि पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

टोलीको अर्को सदस्य केन्द्रीय सदस्य उदय चलाउने दीपक छन् । औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लव पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो ।

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *