राजनीति

विप्लब समुहसँग दोस्रो चरणको वार्ता सकियो, दुबै पक्ष समान धारणा नजिक

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको छ ।

दोस्रो चरणको वार्ता बिषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताइएको छ । यस विषयमा आज विहान पनि वार्ताका विषयमा बिहान पहिलो चरणको वार्ता भएको थियो ।

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *