राजनीति

सांसदलाई काठमाडौँ नछाड्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो ।

शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसाल बताइन् ।

केही दिन अघि नेकपाको दाहाल-नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिइसकेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *