राजनीति

निर्वाचन आयोगलाई दवाव दिँदै ५ भुतपूर्व प्रमुख निर्वाचन आयूक्तको विज्ञप्ति

काठमाडौं । पाँच भुतपूर्व प्रमुख निर्वाचन आयुक्तले दवावमूलक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई नेकपाको विवादमा यथासिघ्र निर्णय दिन आग्रह गरेका छन् । विज्ञप्तिमा उनीहरुले आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको शाखमा असर गर्न सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

‘प्रचलित कानून तथा स्थापित नजीरहरुका आधारमा यस विषयमा उपयुक्त निर्णय यथासीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेमा भुतपूर्व प्रमुख निर्वाचन आयुक्त हरु सुर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयाधिप्रसाद उपाध्इाय र दोलखबहादुर गुरुङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *