अर्थ

रोजगारीका लागि गएका ७५ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अफ्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन्।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन्। उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन्।

केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३ सय ६, कुवेतबाट ८ हजार ३ सय ३५, मलेसियाबाट ११ हजार ३ सय ५२, साउदी अरेबीयाबाट ११ हजार ८ सय १९, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, बहराइनबाट १ हजार २ सय ७४, ओमनबाट १ हजार १ सय ५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९ सय ३६ छन्।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५ सय ४६, प्रदेश नं २ का ११ हजार ९ सय ९, वाग्मती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश नं ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ।

फर्कने मध्ये ८हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *