शिक्षा

कोरोना माहामारीकाबीच लोकसेवा आयोगले परीक्षा लिने, कार्यतालिका सार्वजनिक

 काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए।

उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो।

आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ।

यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।

न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो।

आयोगले कोभिड-१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *