अर्थ

सर्लाहीको चन्द्रनगरमा औद्योगिक ग्राम बन्ने

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा औद्योगित ग्राम बनाउने प्रस्ताव स्विकृत भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार चन्द्रनगर गाउँपालिकाले पेश गरेको औद्योगिक ग्राम स्विकृत भएको चन्द्रनगर घर भएका प्रदेश सांसद उपेन्द्र महतोले जानकारी दिए ।

औद्योगिक ग्राम स्विकृत भएकाले गाउँपालिकाले डिपिआर बनाएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पूर्वाधार बनाउन सुरूमा ९२ लाख दिने महतोले बताए ।

‘औद्योगिक ग्राम संचालन भएपछि स्थानीय स्रोत साधन, कच्चापदार्थको सदूपयोग हुन्छ,’ सांसद महतोले भने, ‘औद्योगिक ग्राम स्थापना भएपछि स्थानीय प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढ्छ ।’

औद्योगित ग्राम कार्यविधिअनुसार प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक साह बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले वडा नम्बर १ मा ९ बिघा १ कठ्ठा ५ धुरमा औद्योगिक ग्राम बन्ने जानकारी दिए । उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलकलगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योगहरू रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *