शिक्षा

मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

काठमाडौं । तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् ।

१५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गरिने नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका छन् ।

यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्ने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *