पालिका खबर

योगेश भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँचलाख सहयोग

ताप्लेजुङ । नेकपा नेता योगेश भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँचलाख आर्थिक सहयोग प्रदान गरेका छन् ।

आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरे ।

सो अवसरमा उनले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए ।

यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गरे । गत मंगलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् ।

उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *