काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले बन्दुक नभइ विश्वले अहिले धेरै मास्क चाहेको बताएका छन। संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘विश्वले यतिखेर धेरै मास्क चाहान्छ, बन्दुक होइन,’ महासभालाई केही बेरअघि सम्बोधन गरेका ओलीको भनाइ थियो, ‘धेरै प्रोटेक्टिभ उपकरण चहान्छ, न कि विनकाकारी हतियार। जीवन बचाउन धेरै समाजिक लगानी चाहन्छ, बिनास गर्न सैन्य लगानी होइन।’
अहिले आफूहरु असमान्य अवस्थाबाट गुज्रिरहेको बताउँदै ओलीले कोभिड–१९ का कारण पहिले नै अनिश्चित अन्तर्राष्ट्रिय व्यवस्थामा थप संकट थपिएको उल्लेख गरे।
शस्त्रको प्रतिस्पर्धा, वातावरण परिर्वतन र प्रकोपजस्ता चुनौतिले शान्ति र दीगो विकासका सम्भवनामा बाधा पुर्याएको प्रधामन्त्री ओलीको भनाइ छ।