राजनीति

प्रतिनिधिसभाको बैठक आज

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे ‘अधिवेशन’ आजबाट सुरु हुँदैछ । विघटन नभएको भए ढिलोमा गत पुस १८ गते नै संघीय संसदको अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक पनि सुरु हुने थियो ।

गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा मानिन्छ ।

यसपटक भने नेपालको संविधान बनेपछि पहिलोपटक सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा अधिवेशन सुरु हुन हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *