काठमाडौं । आज आइतबार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको भाउ आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।
भाउ उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० भाउ निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० भाउ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।