राजनीति

नेपालमा महिला नेतृत्व विश्वकै लागि अनुकरणीय: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिला नेतृत्व अनुकरणीय भएको बताएका छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवस्रमा प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्दै यस्ते बताएका हुन् ।

‘यस अवसरमा म सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको छ । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *