स्थानिय खबर स्वास्थ्य

बिग्रेर दुई वर्षदेखि थन्किएको एम्बुलेन्स गुड्यो, मर्मत गर्न सांसद आचार्यले गरे व्यक्तिगत सहयोग

रसुवा  प्रतिनिधिसभा सदस्य सांसद तथा ईन्जिनियर मोहन आचार्यको व्यक्तिगत सहयोगमा रसुवामा बिग्रेर वर्षदेखि थन्किएको एम्बुलेन्स सुचारु भएको छ।

नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको एम्बुलेन्स मर्मत गर्न सांसद आचार्यले व्यक्तिगत तर्फबाट नगद २ लाख ८० हजार रुपैयाँ सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रसुवाले जानकारी दिएको छ।

नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङले रेडक्रसको एम्बुलेन्स संचालनमा आएसँगै आकस्मिक स्वास्थ सेवा उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुगेको जानकारी दिए।

नगद सहयोग गरि एम्बुलेन्स मर्मत गराइ सन्चालनमा ल्याउन सहयोग गरेकोमा संघीय सांसद मोहन आचार्यलाई उनले धन्यवादसमेत व्यक्त गरे। दुई बर्ष देखि विग्रिएर बसेको सो एम्बुलेन्स रकम अभाबका कारण मर्मत हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *