विज्ञान/प्रविधि

आइप्रोका फिचर फोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो ।

दुई वर्ष अघिदेखि विक्री हुँदै आए पनि हालै लन्च गरिएक आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर भएको र जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समय सम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी हुने कम्पनीको दाबी छ । 

‘पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।’ 

करिब २० वर्षदेखि विश्वका विभिन्न देशमा उपलब्ध हुँदै आएका कम्पनीका सेट निर्मार्ता कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत रहेको दाबी छ । 

‘अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ । काठमाडौंको नयाँ वानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्व देखि पश्चिम नेपालसम्म दिन सफल भएको छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *