पालिका खबर

६२ यात्रु सवार विमान नेपालगञ्जमा दुर्घटना भएपछि…

काठमाडौं । जीतपुर विमानस्थलबाट हारपुर विमानस्थलका लागि उडेको नायक एयरको आर ७२ जहाज हारपुर विमानस्थलको दक्षिण पूर्व क्षेत्रमा बिहान १०: २१ बजे जहाज ‘दुर्घटना’मा परेको छ ।

विमान दुर्घटना हुनेवित्तिकै विमानस्थलको दमकल पुग्यो । लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाको दमकल पनि पुग्यो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका फायर फाइटरले आगो निभाए । सुरक्षा निकायका सबैबीच सहकार्य प्रभावकारी देखिएको थियो ।

उनीहरुले घाइतेहरुको चाँडै नै उद्धार गरे । एकैछिनमा एम्बुलेन्सको लाइन लाग्यो। घाइतेहरुको धमाधम अस्पताल लगियो। शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलमा यस्तो दृश्य देखियो ।

तर यो वास्त्विक घटना होइन । सुरक्षा दलले अभ्यास गरेको यो कृत्रिम घटना हो । विमानस्थलका नाम पनि कृत्रिम राखिएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

उनले जहाज दुर्घटना भइहालेमा गरिने व्यवस्थापनलाई छिटो र चुस्त बनाउने अभ्यासका लागि यस्तो तयारी गरिएको जानकारी दिए । चालक दलका चारजनासहित ६२ जना यात्रु रहेको जहाज भनिएको उक्त दुर्घटनामा १४ जना यात्रुको निधन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *