राजनीति

ताप्लेजुङ पार्टी कार्यालयमा एमाले र माओवादी केन्द्रले भाग लगाए कुर्सी र टेबल

काठमाडौं । ताप्लेजुङस्थित जिल्ला पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले कुर्सी र टेबल भाग लगाएका छन् । आइतबार सर्वोच्चले गरेको निर्णयपछि मंगलबार अन्तिम बैठक गरेका दुई पार्टीले एकताका बेला संकलन गरेका कुसी र टेबल एकअर्का पार्टीले भाग लगाएका हुन् ।

जिल्लामा अलग पार्टीका अलग कार्यालय स्थापना गर्ने निर्णय भएपछि साविक कार्यालयमा रहेका सोफासेट, दराज, टि टेबल र कुर्सी एमाले र माओवादी केन्द्रले भाग लगाएक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *