काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूहरूको पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ नदिने बताएका छन् ।
सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको स्थायी कमिटी बैठकमा सर्वोच्चकोउक्त फैसलाका षियमा गम्भीर छलफल गरिएको श्रेष्ठले जानकारी दिए ।
उनले माओवादी केन्द्रले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई साथ नदिने बताउँदै यो सरकार ढालेर नयाँ सरकार बनाउनेबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको बताए ।
‘अब बस्ने संसदमा कसरी अगाडि बढ्ने भन्नेमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मुख्य जोड छलफल गरी अगाडि बढ्छौं । यसमा एमालेसँग पनि छलफल हुन्छ’, श्रेष्ठले भने ।