राजनीति

निर्वाचन आयोगद्वारा नेकपा खारेज

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी भएको जानकारीसहित सूचना जारी गरेको छ । मंगलबार निर्वाचन आयोगले यस्तो सूचना जारी गरेको हो ।

आयोगले एमाले र माओवादी केन्द्र अलग-अलग राजनीतिक दल भएकाले दुवै दलका अध्यक्षले एकता गर्न चाहेको भए १५ दिनभित्र आयोगको कार्यालय आएर पार्टी एकता गर्न सकिने सूचना जारी गरेको छ ।

आयोगले सर्वोच्च अदालतले गरेको आइतबारको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको हो । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *