काठमाडाैं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गत ४ लाख ६८ हजार ८ सय अठाइस कित्ता शेयर बिक्री गरिने भएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ ।
जसको शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू मात्र सहभागि हुन सक्नेछन् ।
इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चैत्र ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।