अर्थ

लक्षित वर्गलाई कुखुराका चल्ला

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका पशु सेवा शाखाद्वारा लक्षित वर्ग दलित बस्तीलाई कुखुराका चल्ला वितरण गरिएको छ । वडा नं १ को प्यूस गाउँमा रहेका दलित समुदायलाई कुखुरा वितरण गरिएको हो ।

गाउँपालिकाअन्तगर्त पशु सेवा शाखा कार्यालयले कृषि पाठशालाका लागि दलितको उन्नति होस् भन्ने उदेश्यका साथ कुखुरा वितरण गरेको जानकारी दिएको छ ।

सोही वडाका ३१ घरधुरीलाई प्रति घर तीन जोडाका दरले गिरीराज जातका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका निमित्त प्रमुख चिनबहादुर शाहीले बताए ।

उनीहरुको व्यवसायका लागि एक मात्र कुखुरा आधार बनोस् भन्दै कुखुरा वितरण गरेको शाहीले जानकारी दिए ।

गाउँपालिकामा पुगेका ३५० कुखुरामध्ये २७५ वितरण गरिएको थियो । बाँकी ७५ वटा कुखुरा मरेको शाखाका निमित्त कार्यालय प्रमुख शाहीले बताए ।

वितरण गरिएका सवै कुखुरा लक्षित वर्गका व्यक्तिलाई मात्रै वितरण गरिएको हो । सो जातका कुखुराले साढे दुई महिनामै अण्डा उत्पादन गरेर चल्ला जन्माउने गरेको प्रमुख शाहीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.