राजनीति

एमाले र जसपाका नेताबीचको भेट सकारात्मक, कार्यदलस्तरमा भोलि पुनः छलफल

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा सम्पन्न उच्चस्तरीय भेटघाट सकारात्मक रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्ता सकारात्मक भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतबाट खारेज भए पछि बदलिएको राजनीतिक परिवेसमा नेकपा एमालले र जसपाबीच सत्ता साझेदारीको पहल भइरहेको छ ।

यही क्रममा दुबै दलका तर्फबाट कार्यदल गठन भएके र भेलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *