राजनीति

एमालेको दशौँ महाधिवेशन आगामी मंसिर २ गतेदेखि

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति तय गरेको हो ।

माधव नेपाल पक्षलाई जानकारी नदिई गरिएको बैठकले पूर्व माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ भने अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको छ ।

त्यसैगरी बैठकले बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट र कर्णाली प्रदेशको इन्चार्जमा मणिचन्द्र थापालाई जिम्मा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *