अर्थ

नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको यी हुन् नयाँ कार्यसमिति

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चले केन्द्रीय अध्यक्षमा गणेशप्रसाद लकान्द्रीलाई नै दोहोर्याएको छ ।

शनिबार केन्द्रीय कार्यालय मैतीदेवीमा बसेको बोर्ड समितिले लकान्द्रीलाई सर्वसम्मति रूपमा अध्यक्षमा दोहोर्याएको हो । यससँगै लकान्द्री तेस्रोपटक अध्यक्ष भएका छन् ।

डम्बरबहादुर बराइली पनि वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्ष खेम तिरुवालाई चयन गरिएको छ । यसअघि उनी केन्द्रीय महासचिवको भूमिकामा थिए ।

तृतीय उपाध्यक्षमा भरत शंकर पनि दोहोरिएका छन् । चौंथो उपाध्यक्षमा भने दिलसेर विश्वकर्मालाई चयन गरिएको छ ।

मञ्चको महासचिवमा मोहन विश्वकर्मालाई सर्वसम्मती चयन गरिएको छ भने कोषाध्यक्षमा किशोर सेन्चुरी चयन भएका छन् ।

सचिवलगायत अन्य बोर्ड समितिलाई आगामी चैत १४ हुने मञ्चको साधारणसभाबाट मनोनित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *