राजनीति

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।

देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र निकासका लागि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *