काठमाडौं । बलात्कारका घटनामा दिनहुँ वृद्धि भएको तथ्यांकसहित नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले आज बसेको प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छिन् ।
बलात्कारका घटना दिनहुँ बढिरहेका कारण महिलाहरूले सुरक्षित रूपमा समाजमा बाँच्न पाउने संवैधानिक अधिकार नै हनन् हुने अवस्था आउनसक्नेप्रति सांसद डा.संग्रौलले मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन् ।
महिलाहरू यसरी असुरक्षित हुँदै जानुले समाजमा महिलाहरूको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन् भएको ध्यानाकर्षण पत्र उल्लेख छ ।
‘नेपाल सरकारको मौनताका कारण अपराधीहरु खुलेआम यस्ता अपराधहरु गर्दे शिर ठाडो पार्दै हिडेका छन् । २०७६/७७ मात्र २४८० बलत्कारका घटना घटेका छन् । ३९३ जना १८ वर्ष मुनिका, २७३ जना १० वर्ष र ६२७ बलत्कारको प्रयास भएको देखिन्छ । यसै गरी विगत ५ वर्ष भित्र ११ हजार बलत्कारका घटना घटेको तथ्याङ्कले पुष्टि गरेको छ,’ डा.संग्रौलाले पेश गरेको ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।