शिक्षा

एन-प्याब्सन केन्द्रीय समितिको बाह्रौं बैठक कञ्चनपुरमा हुने

कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) केन्द्रीय समितिको बाह्रौं बैठक सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लामा हुने भएको छ ।

देशभरका करिब ४० प्रतिशत संस्थागत विद्यालयहरूको प्रतिनिधित्व रहेको संस्था एन-प्याब्सनको केन्द्रीय समितिको बैठक यही चैत्र ४ गते देखि ५ गतेसम्म कञ्चनपुरको महेन्द्रनगर स्थित होटेल चेतन भगतपुरमा आयोजना हुने बताइएको छ ।

बैठकले संस्थागत विद्यालयहरूका समसामयिक समस्याहरुको पहिचान र समाधान, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, आउँदो वर्षमा हुने केन्द्रीय महाधिवेशनको मिति तथा स्थानको निर्धारण लगायतका विषयमा छलफल गर्ने छ ।

बैठकमा ७ वटै प्रदेशबाट नेशनल प्याब्सन केन्द्रीय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार समितिका प्रमुख सल्लाहकार तथा सल्लाहकार सदस्यहरु, केन्द्रीय समितिका निवर्तमान तथा पुर्वअध्यक्षहरु तथा कञ्चनपुर र कैलालीका जिल्ला अध्यक्षहरु समेत गरी एक सय जनाको सहभागिता रहने नेशनल प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष अधिवक्ता प्रकाश पाण्डेयले जानकारी दिए ।

साथै कञ्चनपुरको जिल्ला अधिवेशन चैत्र ७ गते र कैलालीको जिल्ला अधिवेशन यही चैत्र ८ गते हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *