पालिका खबर

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मंगलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए ।

बाघले रावतलाई आक्रमण गरेको थाहा पाएपछि निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *