काठमाडौं । काठमाडौं महानगरपालिका-३० का सचिव भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन् ।
निर्माण कार्य सम्पन्नपश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई चारलाख घुससहित कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो ।