राजनीति

संविधानको रक्षाका लागि सबै दलहरु एकजुट बनौँ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।
डा.यादवले भने, ‘दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।’ उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।

उनले भने, ‘म आशा गर्छु, राजनीतिक दलहरुले आ-आफ्नो कर्तव्य निर्वाह गर्नेछन् ।’ देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए ।

उनले भने ‘हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *