पालिका खबर

कोहलपुर प्रहरीद्वारा भालुकाे पित्त, रेडपान्डा र कस्तुरीकाे बीनासहित तीनजना पक्राउ

काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयले भालुको पित्त, कस्तुरीको बीना र रेडपाण्डाको छालासहित बिहीबार साँझ तीनजनलाई पक्राउ गरेको छ । 


विशेष सूचनाका आधारमा पक्राउ पर्नेमा दैलेखको चामुण्डा नगरपालिका–२ का ४२ वर्षीय चीनबहादुर थामी, कैलाली जिल्ला घोडाघोडीका नगरपालिका–१ का ४५ वर्षीय रन्तबहादुर क्षेत्री र जाजरकोट नलगाड नगरपालिका–१ का ४० वर्षीय खले बिक रहेको प्रहरीले जनाएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र खनालले विशेष सूचनाको आधारमा उनीहरुलाई बाँकेको वैजनाथ गाउँपालिका–१ बाट पक्राउ गरिएको बताए । उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

खनालले यसअघि पनि रेडपाण्डा, बाघको छाला, चार थान हतियार, गोलीहरुसहित झण्डै एक दर्जनलाई पक्राउ गरिसकेका छन् । 

वन्यजन्तुको तस्करी रोकथाम र अपराध नियन्त्रणका लागि खनाल आफैँ फिल्डमा खटिँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *