राजनीति

कांग्रेसले संसद्‌बाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गरेको भन्दै कांग्रेसले नैतिकताको आधारमा राजीनामा दिन प्रधानमन्त्रीसँग माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि नैतिकताको रुपमा अब पदमा बस्न नमिल्ने बताए ।

‘प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर न्यायपालिकाले निर्णय गर्दै सरकारको निर्णय खारेज गरिसकेको छ’ खाणले भने, ‘विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?’

सरकार बनेदेखि नै संविधानमाथि प्रहार हुँदै आएको भन्दै उनले विचार र अभिव्यक्तिको स्वतन्त्रतामा समेत सरकारले प्रहार गर्दै आएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *