अर्थ

जुम्लाको विमानस्थल विस्तार गरिने

जुम्ला । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ। चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजनाअन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो ।

धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनले भने, ‘विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।’

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि रु एक करोड बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

चालू आवमा खर्चतर्फ कार्यालय सञ्चालनका लागि रु २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *