अर्थ

होटल व्यावसायीलाई लकडाउन अवधिको विद्युत् महसुलमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यावसायीले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् महसुल शत्प्रतिशत छुट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यद्यपि, होटल उद्योगको रुपमा सञ्‍चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने मन्त्री गुरुङले बताए ।

सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति ०७६ चैत देखि ०७७ भदौसम्म होटल उद्योगले तिर्नुपर्ने विद्युतको खपतको महसुल शतप्रतिशत छुट दिने सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *