काठमाडौं । कांग्रेसको जारी पदाधिकारी बैठकमा सरकारका लागि भावी सत्ता समिकरणबारे कुनै छलफल नभएको नेता रमेश लेखकले बताएका छन् ।
परिस्थिति सुनिश्चित नभइसकेको हुँदा कांग्रेसले यस विषयमा कुनै निर्णय नलिने उनको भनाइ छ ।
बैठकको बीचमा पत्रकारसँग छोटो संवाद गर्दै नेता लेखकले भने, ‘परिआयो भने बैकल्पिक सरकार दिन हामी तयारै छौं । तर अहिले स्थिति परिपक्व भइसकेको छैन । कांग्रेसजस्तो पाटीले परिपक्व निर्णय लिनुपर्छ ।’
बैठकमा पार्टीको क्रियाशील सदस्यताबारे छलफल भएको उनले जानकारी गराए ।