स्थानिय खबर

कोरोनाको ‘हटस्पट’ बन्यो टोखा नगरपालिका, ८०० बढी संक्रमित, ३ को मृत्यु

काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमित संख्या ८२५ पुगेको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल संख्या ८२५ पुगेको हो।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन्। वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन्।

कोरोना संक्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन्।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए।

काठमाडौं महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको नगरपालिका टोखा हो। टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *