राजनीति

बंगलादेशको भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।

नेपाल एयरलाइन्सको विमानमार्फत अपराह्न ५ स् १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी अवतरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी विदेशमन्त्री डा.एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा .वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भणडारीले आजै त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *