राजनीति

नब्बे प्रतिशत नेपालीको घरमा खानेपानी:खानेपानीमन्त्री

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नब्बे प्रतिशत नेपालीको पहुँचमा खानेपानीको सुविधा पुगेको बताएका छन् ।

उनले दीगो विकास लक्ष्य तथा सूचकहरू गुणस्तरीय स्वास्थ्य, गरिबी निवारण, नवीकरणीय ऊर्जा, शिक्षामा समान पहुँच, लैंगिक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला रहेको बताए ।

राष्ट्रसंघीय महासभाका अध्यक्षले आयोजना गरेको सन् २०३० कार्यसूचीको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयन सम्बन्धमा उच्चस्तरीय बैठकलाई अप्रत्यक्ष रूपमा सम्बोधन मंगलबार गर्दै मन्त्री थापाले नेपालको कुल जनसङ्ख्यामध्ये ९० प्रतिशतको खानेपानीमा पहुँच पुगेको तथा ९९ प्रतिशत जनसङ्ख्याको आधारभूत सरसफाइ सुविधामा पहुँच रहेको दाबी गरे ।

नेपालले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई आधारभूत सेवाका रूपमा प्राथमिकीकरण गरेको, खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा क्षेत्रगत विकास योजनामा एकीकृत गरिएको जानकारी दिँदै उनले जनताको सन् २०३० सम्ममा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सम्बन्धित कार्यक्रमहरू कार्यान्वयन भइरहेका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *